दफा २१
धारा तथा मिटर जडान
(१) यस ऐन बमोजिम खानेपानी सेवा प्राप्त गर्न चाहने उपभोक्ताले धारा तथा मिटर जडानको लागि सम्बन्धित सेवा क्षेत्रको अनुमतिपत्र प्राप्त संस्था समक्ष तोकिए बमोजिम निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम निवेदन प्राप्त भएमा अनुमतिपत्र प्राप्त संस्थाले तोकिएको शुल्क लिई तोकिएको समयभित्र धारा तथा मिटर जडान गरिदिनु पर्नेछ ।
(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए: तापनि कुनै प्राविधिक कारणले कुनै सेवा क्षेत्रभित्रका धाराहरुमा मिटर जडान गर्न उपयुक्त नहुने भएमा अन्य उपयुक्त व्यवस्था गरी खानेपानी सेवा उपलब्ध गराउनु पर्नेछ।